काठमाडौं । गोरखा आधारित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राईलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टका अनुसार सहकारीमा १० हजार ५९८ जना बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोप छ ।
सहकारीमा करिब रु. ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रहेको देखिएको भएतापनि सहकारीले जम्मा रकममध्ये करिब १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ मात्रै ऋण र लगानीको रूपमा प्रवाह गरेको बताइएको छ ।
पक्राउ परेका ब्यक्तिहरुलाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइरहेको बताइएको छ।