कालो ‘चस्मा’ बिना प्रधानमन्त्री बालेन्द्र शाह !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रायः कालो चस्मामा देखिनु उनको व्यक्तिगत पहिचान बनिसकेको छ। औपचारिक सभा होस् वा अनौपचारिक कार्यक्रम, बालेन प्रायः कालो चस्मा लगाएर उपस्थित हुने गर्छन् । यस कारण पनि कालो चस्मा उनको ‘ड्रेस कोड’ जस्तो बनेको छ ।

तर आज भने उनी चस्माबिना देखिएका छन् । विभिन्न देशका राजदूतहरूसँगको सामूहिक भेटवार्तामा प्रधानमन्त्री बालेन पहिलो पटक चस्मा बिना देखिएका हुन् । भेटवार्ताको क्रममा उनले राजदूतहरूसँग खुला संवाद गरेका थिए र यस सम्पूर्ण समय उनी चस्माबिना उपस्थित थिए।

यो उनको सहजता र स्वभाविक शैलीको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ, किनभने उनले औपचारिक कार्यक्रमको औपचारिकतालाई पूर्णरूपले पालना गर्दै पनि व्यक्तिगत शैलीमा लचिलोपन देखाएका छन्।

अर्को रोचक पक्ष के छ भने, भेटवार्ताको अन्त्यतिर विभिन्न देशका राजदूतहरूले फोटो खिच्ने बेला बालेनले कालो चस्मा लगाएका थिए। सार्वजनिक दृश्य र व्यक्तिगत शैली बीच उनले सन्तुलन कायम राख्न खोजेको जस्तो देखिन्छ ।

प्रधानमन्त्री बालेनको चस्मा बिनाको उपस्थितिलाई केवल फेशनको दृष्टिकोणबाट मात्र नभई, नेतृत्वमा खुलापन, संवाद र लचिलोपनको प्रतीकका रूपमा हेरिएको छ ।