
काठमाडौं । विशेष सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायधिवक्ता मोहनसागर बश्याल कारबाहीमा परेका छन् । उनलाई कारबाही स्वरुप महान्याधिवक्ता कार्यालयमा तानिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोले राष्ट्र बैंकिङ कसुर तथा राष्ट्र बैंक विरुद्धको कसुरमा पक्राउ गरेको प्रभु बैंकका अध्यक्ष देवि भट्टचन र अशोक शेरचनसहितक अभियुक्तहरुलाई उन्मुक्ति दिन भूमिका निभाएको अभियोगमा बश्याललाई कारबाही स्वरुप महान्यायधिवक्ता कार्यालयमा तानिएको हो ।
गत कार्तिक ११ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रभु समुहका अध्यक्ष देवि प्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत पक्राउ गरेको थियो ।
पीडितहरु ठाकुर प्रसाद मानन्धरसहित जना पीडितको जाहेरीको आधारमा नेकपा एमालेका पूर्व सांसद समेत रहेका भट्टचनलाई सीआईबीले पक्राउ गरि मुद्दा चलाएको थियो । सीआईबीले लामो अनुसन्धानपछि भट्टचनको स्वामित्व रहेको प्रभु म्यानेजमेन्ट र रेमिट्यान्स प्रा.लीले ४ सय ६४ सहकारीको २ अर्ब ४० करोड ३१ लख ८८ हजार ९ सय ५८ रुपैयाँ हिनामिना गरेको तथ्य पत्ता लगाएको थियो । सहकारी विभागले पनि सोही आसयको पत्र पठाएको थियो । सीआईबीले यो मुद्दामा अनुसन्धान गरिरहँदा नै कार्तिक २६ मा भट्टचनलाई सरकारी वकिल कार्यालयले छाड्न निर्देशन दिएको थियो ।

त्यस्तै गत मंसिर १४ गते बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको कसुरमा प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका तीन उच्च अधिकारीलाई सीआईबीले पक्राउ गरेको थियो । उच्च अदालत पाटनको पक्राउ अनुमतिको आधारमा ठगी विश्वासघात, तथा नेपाल राष्ट्र बैंक ऐन उलंघनको कसुरमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले भट्टचनसमेत जोडिएको करोडौँ हिनामिना कसुरमा अनुसन्धान गरिरहेकै समयमा २१ पुसमा विशेष सरकारी वकिल कार्यालयको निर्देशनको आधारमा शेरचनलाई हाजीरी जमानीमा छोड्नु परेको थियो ।
बश्यालकै निर्देशनमा आवश्यक कागजपत्र मिलाएर शरचन, मणिराम पोखरेल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यसहितलाई सीआईबीले हाजिरी जमानीमा छोडेको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको सरकारले उनीमाथि कारबाही गरेको हो ।