
काठमाडौँ — नेपाल प्रहरीको सर्वोच्च नेतृत्वबाटै सङ्गठनका उच्च अधिकारीविरुद्ध गम्भीर षड्यन्त्र रचिएको तथ्य बाहिर आएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) दान बहादुर कार्कीले एक बिचौलियासँग गोप्य भेटघाट गरी आफ्नै सङ्गठनका अतिरिक्त महानिरीक्षक (एआईजी) विरुद्ध प्रयोग गरेको तथ्य सतहमा आएको छ ।
प्राप्त भिडिओ प्रमाणअनुसार, आइजिपीले ‘नारायण’ भनिने बिचौलिया नारायण भण्डारी समाजसेवीसँग काठमाडौँस्थित मल्ल होटेलको थकाली किचनमा गोप्य भेटघाट गरेका थिए । आइजी कार्की केही दिन अघि भण्डारीलाई भेट्न होटेलमा पुगेका थिए । भण्डारीले आइजी कार्कीकै योजनामा एआइजी मनोज केसीसँग दियो पोस्टमा प्रकाशित आइजी दानबहादुर कार्की र अर्का एआइजी राजन अधिकारीको बिचौलिया इनम सापकोटासँग जोडिएको समाचारबारे सोधी खोजी गरेका थिए । जवाफमा एआइजी केसीले सम्बन्ध देखिएको समाचारमा आएकै विषय भएकाले ‘त्यस्तो देखिएको जवाफ दिएका थिए । सोही विषयलाई रेकर्ड गरेर आइजी कार्की समक्ष पुर्याइएका थियो । हाल उक्त अडियो लाई आइजी हटाउने खेल भन्दै विभिन्न सञ्चार माध्यमले खबर प्रसारण गरिरहेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले आइजी कार्कीमाथि कारबाही गर्ने सम्भावना बढेकाे भन्दै केही संचार माध्यमले समाचार लेखेपछि उनकै मातहतमा रहेका एआइजी केसीको बद्नामी सुरु भएको छ ।