सर्वोच्च अदालतको न्यायाधीशमा चार जना सिफारिस

दियोपोस्ट संवाददाता

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा चार जना उच्च अदालतका न्यायाधीशलाई सिफारिस गरेको छ ।  मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश शर्मा अध्यक्ष रहेको पाँच सदस्यीय न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।