
काठमाडौँ । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२६ अर्घौचोकस्थित सडकमा आइतबार साँझ ग.१३ प २०९४ नम्बरको स्कुटरले ठक्कर दिँदा ७० वर्षीय मनबहादुर पुनको मृत्यु भएको हो ।
पर्वतको जलजला गाउँपालिका-५ घर भएका पुन हाल पोखरा महानगरपालिका-२६ मा बस्दै आएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।