केपी शर्मा ओली हाजिरी जमानीमा रिहा

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। सर्वोच्च अदालतको आदेशपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।

सरकारी वकिल कार्यालयको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ शर्तसहित ओलीलाई रिहा गरिएको प्रहरी स्रोतको भनाई छ । ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि सोही शर्तमा रिहा गरिएको प्रहरीले जनाएको छ।

यसअघि सर्वोच्च अदालतले तोकिएको म्यादभित्र मुद्दा दायर गर्न वा प्रमाण नपुगेमा हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो। सोही आदेश कार्यान्वयन गर्दै प्रहरीले दुवै नेतालाई रिहा गरेको हो।

ओलीलाई गत चैत १४ गते ‘जेन–जी आन्दोलन’ सम्बन्धी घटनामा लापरबाही गरेको आरोपमा पक्राउ गरिएको थियो। तर पर्याप्त प्रमाणका आधारमा मुद्दा अघि नबढेपछि उनलाई रिहा गर्ने निर्णय भएको जनाइएको छ।

प्रहरीले रिहाइ प्रक्रिया अघि बढाएको र सरकारी वकिलको पत्र प्राप्त भइसकेको पुष्टि पनि गरेको छ।