कालीकोटमा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु, २ घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जुम्लाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका-२ स्थित मेयरखोला नजिक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी हिमा गाउँपालिका-६ का ३२ वर्षीय भीमबहादुर अधिकारी र एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भएको भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

उक्त एम्बुलेन्समा बिरामीसहित चार जना सवार रहेका थिए। दुर्घटनामा ७१ वर्षीय बिरामी कलबहादुर अधिकारी र २० वर्षीय लोकेन्द्र शाही घाइते भएका छन्। उनीहरूको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको कारण बाक्लो हुस्सु (कुहिरो) भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

 

सिफारिस