समाचारको स्रोत माग्दै प्रचण्ड पुत्री गंगा दाहालद्वारा दियोपोस्टकर्मीलाई धम्की

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुत्री गंगा दाहालले समाचारको स्रोत माग्दै दियोपोस्ट कर्मीलाई धम्की दिएकी छिन् ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले छानबीन थालेको विषयमा उनको लालपुर्जा र कम्पनिको विवरण सहितको समाचार दियोपोस्ट डटकमले प्रकाशित गरेको थियो । प्रकाशित समाचारलाई लिएर दाहालले उनको मोबाइल नम्बर ९८५१२००…९४ नम्बरबाट फोन गरी समाचार स्रोत मलाई दिनुपर्यो भन्दै कानुनी कारबाहीको धम्की दिएकी हुन् । दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई दाहालले फोन गरेर धम्की दिएकी हुन् ।

विहिबार विहान १० बजेर ५३ मिनेटमा दाहालले दियोपोस्टकर्मीलाई धम्की दिएकी हुन् । ‘सुदिप हो ? तपाईंले मेरो विषयमा के समाचार लेखेको ? अहिले कुन नेपालीको लालपुर्जा छैन ? झूट समाचार लेख्ने ?’ उनले धम्काउँदै भनिन्,‘लामो कानुनी काराबहीका लागि तयार हुनुस् । कानुनी रुपमा अघि बढ्न पर्ने भयो । भारतीयसँग पत्थरको कारोबार गर्छ भनेर कसले सुचना दियो ? त्यो मलाई दिनुस् ।’

भिडियाे: