बालेन र रास्वपाबाट टाढिँदै कुलमान, जनार्दन शर्मासँग चुनावी सहकार्य गर्दै

दियोपोस्ट संवाददाता  

काठमाडौं । माओवादी केन्द्रबाट अलग्गिएका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच आगामी निर्वाचनका लागि सहकार्य हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सहमति नजुटेपछि कुलमान घिसिङ प्रलोपासँग चुनावी सहकार्यतर्फ अघि बढेका हुन्।

दुवै पक्षबीच आर्ज औपचारिक सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ । प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वऊर्जामन्त्री जनार्दन शर्मा रहेका छन्।

जनार्दन शर्मा ऊर्जामन्त्री रहँदा नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो।