काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जनाको हत्या गर्ने धम्की दिने युवा सार्वजनिक भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफूले राईसहित नेपालका १० व्यक्तिहरुको हत्या गर्ने धम्की दिएपछि नेपालबाट आफ्नो विषयमा अनुसन्धान भइरहेको र आफ्ना निकट व्यक्तिहरु पक्राउ परेको सुचना चुहाएका छन् ।
‘म एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष हुँ । हामीले दुई दिन अघि अख्तियारका प्रमुख लगायत १० जनाको हत्या गर्ने भनेर सुची सार्वजनिक गरेका थियौँ । शनिबारको दिन सुचि सार्वजनिक गरेको हौँ । मेरो कल डिटेल्स हेर्नका लागि अदालतबाट अनुमति लिनुपर्थ्यो,’ उनले भने,‘मैले सुची सार्वजनिक गरेको केही घण्टामै अदालतको दुरुपयोग गरेर प्रहरी प्रशासनको दुरुपयोग गरेर प्रेम राईले मेरा केटाहरुलाई जुन किसिमको धरपकड गरिरहेको छ । पाँच सात जना पक्राउ परेको छ भन्ने मैले सुचना पाएको छु । यदि छिटो अपराधीलाई पक्राउ गर्ने हो भने नेपालमा कस्तो किसिमको सुशासन कायम हुन्थ्यो । त्यता तिर ध्यान छैन । मैले जुन प्रकारको थ्रेट दिएको थिएँ । मेरो विचारमा प्रेम राईको आयु त्यति लामो छ जस्तो मलाई लाग्दैन । यदि राजिनामा दिएन भने १० दिन भित्र प्रेम राईलाई सकाइदिन्छौँ ।’
आफूलाई उग्रवादी संगठनको प्रमुख बताउने प्रकाशन पाठकले राई सहित १० व्यक्तिको हत्या गर्ने सुची सार्वजनिक गरेको थियो । उनले अख्तियारमै ईमेल मार्फत पत्र समेत पठाएका थिए । यो समुहले भारतमा बसेर यस्तो धम्की दिँदै आएको छ ।
उनको भिडियो बयान प्रतिक्षा गर्नुहोस्