गण्डकीका डिआइजी आचार्य र पोखराका मेयर आचार्यको निर्देशनमा लक गरिएको स्क्याभेटर तोडफोड

दियोपोस्ट संवाददाता  

कास्की । कास्की प्रहरीले गैरकानुनी थुनामा राखेको निर्माण व्यावसायी युवराज खतिवडाको निर्माण सवारी साधनलाई गैरकानुनी रुपमा चेन लगाएर लक गरेको छ । लक गरिएको सवारी साधनलाई महानगर प्रहरी र जनपथ तर्फको नेपाल प्रहरीकै मिलेमतोमा तोडफोड गरिएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातयात विकास मन्त्री प्रकाश केसीको आवाश क्षेत्रमा रहेको जग्गामा केसीले दिएको स्विकृति र सम्झौता अनुसार माटो पुर्ने क्रममा उनलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै झूटो मुद्दामा हिरासतमा राखेको छ ।

खतिवडालाई हिरासतमा राखेर उनका निर्माण सामग्री थन्क्याइएको स्थानमा प्रहरी र नगरप्रहरीले चेन लगाएर लक गरेर राखेको थियो । सोही ठाउँमा नगर प्रहरी र नेपाल प्रहरीले तोडफोड समेत गरेको हो । स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख दिनेश आचार्यको निर्देशनमा खतिवडाको स्क्याभेटर, डोजर र टिफरमाथि तोडफोड गरिएको हो ।
स्थानियका अनुसार खतिवडाको तीन वटा डोजर तथा स्क्याभेटरमा तोडफोड गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको दबावमा खतिवडालाई वन मुद्दा समेत लगाउन प्रयास हुँदैछ । केहीदिन अघि सार्वजनिक भएको भिडियोमा आचार्यले वनका अधिकारीहरुलाई दबाव दिएको देखिन्छ । पोखरा महानगरपालिकाले माटोपुरेकै घटनामा अन्यलाई भने जरिवाना लिएर छाड्ने गरेको छ । कतिपयलाई भने माटो पुर्नका लागि अनुमति समेत दिएको छ । देवेन्द्र केसी नाम गरेका व्यक्तिलाई माहानगरले माटो पुर्न अनुमति दिएको छ । मेयर आचार्यकै भाई खगराज आचार्यले माटोपुर्ने धन्दा गर्दैै आएका छन् । पोखराको लेकसाइड नजिकै रहेको सेदि डाँडा कटान गरेर फेवाताल नै पुर्ने कार्यमा मेयर स्वयं संलग्न भएका थिए । यो घटनामा भने मेयर आचार्यले बाराही समुहका विप्लव पौडेल लगायत समुहलाई संरक्षण गर्दै आएका छन् ।

पत्रकारीताको आवरणमा विभिन्न धन्दा गर्दै आएका रामकृष्ण ज्ञवाली समुहद्वारा सञ्चालित समाधान दैनिकमा माटोको विज्ञापन समेत प्रकाशित गरिएको छ । स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश आचार्य बाराही समुह, मेयर आचार्यको समुहसँग मिलेमतोमा लागेका छन् । सोही कारण खतिवडालाई झुटा मुद्दा लगाउन कास्कीको समग्र प्रशासनलाई नै दुरुपयोग गरिएको छ ।