काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन जाँदैछन् । भदौ २३ र २४ गते घटेका घटनाको छानबिनका लागि उनी आज बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।
लेखकले आयोगसमक्ष आफूलाई जानकारी भएका विवरण र घटनाको यथार्थ अवस्थाबारे स्पष्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
आयोगमा बयान दिएपछि लेखकले सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमार्फत उनले आयोगमा दिएको बयान तथा भदौ महिनामा भएका घटनासँग जोडिएका विविध विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जनाइएको छ।
जेनजी आन्दोलनका क्रममा भएका विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।