समानुपातिक प्रणालीकै मजाक : चन्द्र ढकालको पुत्र बालेन समुहबाट रास्वपाको समानुपातिक सुचीमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणाली मार्फत विशेषगरी उपेक्षिति, उत्पीडित, वर्ग समुदाय र लिंगबाट प्रतिनिधित्व गराउने उद्देश्य राखेको छ । तर, यो व्यवस्थालाई तत्कालिन दलहरुले आफ्ना श्रीमती, छोरी र नातेदारलाई नियुक्त गरेर खिल्ली मात्रै उडाएनन् बद्नाम बनाइदिए । फलस्वरुप अहिले यो प्रणालीबाट सांसद भएकाहरु आलोचनाको केन्द्रमा पर्ने गरेकै छन् ।

पुराना दलहरुलाई नै निरन्तरता दिने गरि एउटा व्यापारीक घरानासँग जोडिएका व्यक्तिको पुत्रलाई बालेन समुहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सुचीमा समावेश गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आईएमई समुहका अध्यक्ष चन्द्र ढकालका पुत्र सचिन ढकाललाई रास्वपाले समानुपातिक सांसदको बन्द सुचीमा राखेको हो ।

चितवनबाट उनको प्रतिनिधित्व हुने गरि ढकालको पुत्र सचिनलाई समानुपातिक सुचीमा राखिएको हो । आईएमई समुहको हस्पिटलिटि क्षेत्र सम्हाल्दै आएको भनिएका ढकालको समानुपातिक सुचीमा नाम समावेश भएपछि बालेन समुहमा समेत सांसद किनबेचको आशंका बढेको छ ।

सिफारिस