रामेछाप बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो, ७ घाइते धुलिखेल रेफर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस सडकबाट खसेर तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ६ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उनले जानकारी दिए ।

बागमती प्रदेश ०१-००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानमा दुर्घटनामा परेको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।