झापा ५ मा बालेन शाहबाट केपी ओली पराजित, ४९ हजार ६ सय १४ मतान्तर

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
३६ वर्षिय शाहले ३८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओली (के.पी)ले १८ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् । बालेनले ४९ हजार ६ सय १४ मतान्तरसहित ओलीलाई पराजित गरेका हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ९ हजार २ सय ३३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८ सय २१ मत प्राप्त गरेकी छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी प्रसाद संग्रौलाले १ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् ।

ट्रेन्डिङ