फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)

- राजु झल्लु प्रसाद  

निर्वाचनको सरगर्मी बढिरहेका बेला गोरखा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार तथा ट्रेकिङ व्यवसायी प्रेमबहादुर खत्री (एससीइ द हिमालयका सञ्चालक) विरुद्ध आएका समाचारहरू यतिबेला चर्चामा छन्। 

‘पर्यटक उद्धार दुरुपयोग आरोपमा एससीइ द हिमालयका सञ्चालकमाथि अनुसन्धान तीव्र’ शीर्षकमा ईमेजखबर डटकममा आएको समाचार, ‘सुदन गुरुङलाई हराउन मैदानमा आएका कांग्रेसका प्रेम खत्रीनै प्रहरीको घेरामा’ शीर्षकमा लालीगुराँस मिडिया नेटवर्कमा आएको समाचार, ‘फेक रेस्क्यु प्रकरण : गोरखा-१ का काँग्रेस उम्मेदवार खत्री अनुसन्धानमा तानिए’ शीर्षकमा News24 Nepal समाचार, आएको देखिन्छ। 

तर, दियोपोस्टको विस्तृत तथ्य जाँचले यी दाबीहरूलाई ‘मिथ्या’ र ‘भ्रामक’ ठहर गरेको छ। 

के छ दावी ?

२८ फेव्रुअरीमा ईमेजखबरले ‘नक्कली उद्धार प्रकरण : एससीइ द हिमालयका संचालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। 

समाचारमा ‘नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित एक ट्रेकिङ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रेमकुमार खत्रीमाथि छानबिन अघि बढाएको’ जनाएको छ। 

“खत्री अहिले गोरखा क्षेत्र नम्वर १बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवरको रुपमा प्रतिस्प्रर्धा गरी रहनु भएको छ। सो कम्पनीले फेक रेस्क्यु प्रकरणमा करोडौ घोटला गरेको भन्दै सीआईवीले छानवीन अघि बढाएको हो’ लेखिएको छ। 

सीआईवीले छानवीन शुरु गरेपछि खत्री तनावमा परेका तथा बिभिन्न शक्ति केन्द्र मार्फत सीआईवीलाई प्रभावित पार्ने काममा खत्रीको समुह लागेको सो समाचारमा दाबी गरिएको छ। अझ, सो समाचारमा सीआईबीका एक उच्च अधिकारिको नाम लिएर, कम्पनिमाथि गहन अनुसन्धान भइरहेको र, कम्पनीका सञ्चालक तथा कर्मचारीसँग बयान लिने क्रम जारी रहेको समेत उल्लेख गरेको छ।

 दियोपोस्टले यस फ्याक्टचेक गर्दासम्म सो समाचार 76.3k पटक सेयर भइसकेको छ।

हेर्नुस्, स्क्रिनसट, अर्काइभ लिंक

  


यसैगरि, लालिगुँरास मिडिया नेटवर्क नामको फेसबुक पेजमा ‘सुदन गुरुङलाई ह राउन मैदानमा आएका काँग्रेसका प्रेम खत्रीनै प्र ह रीको घे रामा, फे क रे स्क्यु का ण्डमा मु छिए’ शीर्षकमा ४ मिनेटको भिडियो  सार्वजनिक भएको छ। 

समाचारमा, ‘गोरखा-१ मा सुधन गुरुङसँग भिड्न उत्रिएका कांग्रेसका उम्मेदवार प्रेम खत्री नै गम्भीर काण्डमा मुछिएको र बहुचर्चित फेक रेस्क्यु प्रकरणमा ट्रेकिङ व्यवसायी समेत रहेका खत्री जोडिएको खुलासा भएसँगै पर्यटन क्षेत्र तरंगित बनाएको’ दाबी गरिएको छ एससीइ द हिमालयका संचालक तथा संस्थापक प्रेमब खत्रीमाथि अनुसन्धान अगाडि बढेको सीआइबीले जानकारी दिएको समेत सो भिडियोमा उल्लेख छ। अझ, उक्त कम्पनिले फेक रेस्क्यु प्रकरणमा करोडौंको घोटला गरेको समेत भिडियोमा उल्लेख छ। 

दियोपोस्टले यस फ्याक्टचेक गर्दासम्म सो भिडियो ९४ हजार  पटक हेरिइसकेको छ। 

हेर्नुस्, स्क्रिनसट,  भिडियो लिंक

 


यसैगरी,  News24 Nepal नामको फेसबुक पेजले ‘फेक रेस्क्यु प्रकरण : गोरखा-१ का काँग्रेस उम्मेदवार खत्री अनुसन्धानमा तानिए’ क्याप्सनसहित एउटा फोटो पोस्ट गरेको छ जहाँ, ‘सीआईबीले एससीई द हिमालय टुर्स एण्ड प्रालिका संस्थापक तथा (सीईओ) प्रेमकुमार खत्रीमाथि अनुसन्धान थालेको र कम्पनिले फेक रेस्क्यु प्रकरणमा करोडौँ घोटाला गरेको भन्दै छानबिन अघि बढाइएको”, उल्लेख छ। अझ, विदेशी पर्यटक उद्धार (रेस्क्यु) का नाममा अस्पताल, बीमा कम्पनी र ट्राभल एजेन्सीबीच मिलेमतो गरी ठगी गरेको आशंकामा उनीमाथि छानबिन भइरहेको हो’ भन्ने व्यहोरा समेत सो फोटोमा उल्लेख छ

हेर्नुहोस्, स्क्रिनसट 


यस्ता भिडियो, समाचार तथा पोस्टहरु भाइरल भएपछि हामीले तथ्यजाँच गर्ने निर्णय गर्‍यौँ।

तथ्य के हो ?

हामीले ACE the Himalaya, Trekking, Tours and Travels  Pvt. Ltd ले निकालेको प्रेस विज्ञप्तिलाई पनि हेर्यौं।

२०८२ फागुन १७ गतेको ‘ध्यानकर्षण तथा खण्डन सम्बन्धमा’ निकालेको विज्ञप्तिमा एस दि हिमालयका जनरल मेनेजर सुजन खत्रीले ‘सीआइबीको हवाला दिँदै तथाकथित नक्कली उद्धार प्रकरण सम्बन्धि सामग्री प्रस्तुत गरिएको भए पनि यस कम्पनि वा कम्पनिका सन्चालक प्रेमकुमार खत्री सम्बन्धि कुनै पनि अनुसन्धान हालसम्म नभएको जानकारी सम्बन्धित निकायसँग बुझ्दा प्राप्त भएको तथा सम्बन्धि निकाय स्वयं यस विषयमा अनविज्ञ रहेको जानकारी समेत पाएका छौं” भनि उल्लेख गरिएको छ। 

यसैगरि हामीले, प्रेमकुमार खत्रीले प्रेस काउन्सिल समक्ष ‘आवश्यक कारबाहीबारे’ विषयमा दिएको निवेदनलाई हेर्यौं। २०८२ फागुन १७ गते खत्रीले प्रेस काउन्सिल समक्ष दिएको निवेदनमा एस द हिमालय ट्रेकिङ कम्पनिमाथि हालसम्म कुनै पनि निकायबाट फर्जी उद्धार (फेक रेस्क्यु)मा छानबिन भएको छैन भनिएको छ। 

उनले निवेदनमा थप अगाडी भनेका छन्, “सीआइबीबाट म संलग्न रहेको कम्पनिलाई कुअनी सोधपुछ र कागजात माग समेत नभएको अस्वस्थामा म माथि छानिन भएको भनि म र प्रहरी केन्द्रिय अनुसन्धान केन्द्रिय ब्युरोको कुनै आधिकारिक प्रतिनिधिको प्रतिक्रिया समेत समावेश नगरी भ्रमपूर्ण, झुटो र कपोकल्पित समाचार प्रकाशन गरिएको छ” भनेर उल्लेख गरेका छन्। 

 

उनले ‘प्रकाशित समाचारले मेरो मान प्रतिष्ठा र ईज्जतमा खलल पुर्याएको र पत्रकार आचारसंहिता २०७३ को दफा (४) को उपदफा ३ र ४ (६) को ठाडो उल्लङ्घन गरेको’ उल्लेख गरेका छन्। उनले सो निवेदनमा निर्वाचन आचारसंहिता २०८२ को दफा २५ (ख) र (ठ) समेत ठाडो उल्लङ्घन भएकाले तुरुन्त कारबाहीको माग समेत गरेका छन्। 

यसपछि हामीले तथ्यजाँचका लागि, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता, प्रर्हरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठलाई सम्पर्क गर्‍यौँ। सीआइबीले अनुसन्धानकै क्रममा भइरहेको विषय सार्वजनिक रुपमा मिडियामा नभन्ने विगत रहेकाले पनि हामीले उनलाई फोन गर्यौं । 

सीआइबीकै स्रोतले भनेको भनेर आइरहेका यी समाचार, भिडियो र पोस्टबारे हामीले प्रवक्ता श्रेष्ठलाई सोध्यौं। प्रवक्ता श्रेष्ठले हामीसँग यस विषय आफ्नो नलेज ( जानकारी) मा नरहेकोमा हामीलाई बताए। 

“मेरो नलेज (जानकारी) मा छैन। अब  रिङमा चाहिँ धेरै मान्छे परिरहेको हुन्छन्। प्रकाउ भयो भने हामी सूचना दिइहाल्छौं। इभिडेन्स भयो भने पक्राउ हुने हो। नभए हामीले सूचना दिएका हुँदेनौं”, उनले हामीलाई बताए। 

सुन्नुहोस् अडियो

अझ, हामीले तथ्यजाँचको क्रममा  ईमेजखबरले छापेको समाचारको  शीर्षकमा ‘प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ भनिएको छ तर सो लिंक खोलेर भित्र हेर्दा ‘प्रेमकुमार खत्री’ लेखिएको भेट्यौं। प्रेम बहादुर खत्री र प्रेमकुमार खत्री एकै व्यक्ति हुन् सक्दैनन् भन्ने लागेर हामीले ।


तथ्यजाँच

दाबी: फेक रेस्क्यु प्रकरणमा कांग्रेस उम्मेदवार प्रेमकुमार खत्रीमाथि सीआइबीले अनुसन्धान सुरु गरेको छ।

दाबीकर्ता: ईमेजखबर डटकम, लालीगुराँस मिडिया नेटवर्क, न्यूज २४ नेपाल (फेसबुक पेज) लगायत।

तथ्यजाँच: सीआइबीले खत्रीमाथि कुनै पनि अनुसन्धान भइरहेको कुरालाई अस्वीकार गरेको छ। सम्बन्धित व्यवसायीले पनि यसलाई चुनावी माहोल बिगार्ने षड्यन्त्रको रूपमा व्याख्या गर्दै कानुनी उपचार खोजेका छन्।

परिणाम: यो समाचार ‘मिथ्या’ ‘भ्रामक’ हो।

 

सिफारिस