काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेललाई समर्थन गरेको छ ।
आफ्नो उम्मेदवार नभएको राप्रपाले पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै रुपन्देहीको निर्वाचनमा रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ । व्यावसायीक पृष्ठभूमिा पौडेलसँग नेकपा एमालेका तर्फबाट पूर्वअर्थमन्त्री विष्णु पौडेल र रास्वपाका तर्फबाट सुलभ खरेल प्रतिष्पर्धामा छन् ।