२१ हजार मतान्तर सहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पराजित, रास्वपाका प्रकाश पाठक विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले झापा क्षेत्र नम्बर ३ बाट पराजित गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।
पठकले ३८ हजार ६ सय ७४ मत ल्याएका छन् भने लिङदेनले १७ हजार २ सय १४ मत मात्रै ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार घिमिरेले ८ हजार १ सय ९९ मत ल्याएर तेस्रो भएका छन् ।

 

ट्रेन्डिङ