धादिङ । धादिङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार रमेश प्रसाद धमलालाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले २६ हजार १ सय ४५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २ सय ७९ मत प्राप्त गरेका छन् । श्रेष्ठले ५ हजार ८ सय ६६ मतान्तरले धमलालाई पराजित गरेका हुन् ।
नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी ९ हजार ३६ मत प्राप्त गरेका छन् ।