बर्दिया-२ मा रास्वपाका श्रीधर पोखरेल विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन्। प्राप्त मत परिणामअनुसार पोखरेलले २९ हजार ६७८ मत प्राप्त गरी जीत हात पारेका हुन्।

यसैगरी नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोरले २० हजार४०२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका सुरेश पन्थले १९ हजार १८० मत ल्याएका छन्। नेकपा एमालेकी उम्मेदवार बिमला विकले भने १० हजार ७७२ मत प्राप्त गरेकी छन्।

निर्वाचन आयोगका अनुसार यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५५ हजार २३२ मतदाता रहेका थिए। तीमध्ये ९२ हजार ६१८ मत खसेको थियो। खसेको मतमध्ये ४ हजार ४८८ मत बदर भएको जनाइएको छ।

 

ट्रेन्डिङ