काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ अझै ८ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार संखुवासभा, इलाम-१, अछाम-२, बाजुरा, गोरखा-१ र २ तथा धनुषा-१ र २ मा समानुपातिक मतगणना सुरु हुन सकेको छैन।
यसअघि धनुषा-३, महोत्तरी-१, सर्लाही-२, बारा-१, २, ३ र ४, रौतहट-१ तथा पर्सा-१, २ र ४ मा समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ। त्यस्तै रसुवा, सिन्धुली-१ र २ तथा दोलखामा पनि मतगणना सकिएको आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशतर्फ कञ्चनपुर-१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी र कैलाली-१ मा समानुपातिक मतगणना सम्पन्न भएको छ।
पूर्वी क्षेत्रतर्फ ताप्लेजुङ, धनकुटा, झापा-३, मोरङ-२, ३, ४ र ६, सुनसरी-३, तेह्रथुम तथा उदयपुर-२ मा पनि मतगणना सकिएको छ। यसैगरी गुल्मी-१, रोल्पा, रुकुम पश्चिम, बाँके-१, २ र ३, अर्घाखाँची, कपिलवस्तु-२, दाङ-२ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व-१ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा-१, मनाङ, बाग्लुङ, काठमाडौँका १ देखि १० सम्मका सबै निर्वाचन क्षेत्र, भक्तपुर-१ र २ तथा ललितपुर-१ र ३ मा समानुपातिक मतगणना पूरा भइसकेको छ।
निर्वाचन आयोगले बाँकी रहेका निर्वाचन क्षेत्रमा मतगणना क्रमशः अघि बढाइने जनाएको छ।