समानुपातिक तर्फ पनि रास्वपा अगाडि, मतगणना जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै भन्दा धेरै मत प्राप्त गरेको छ । ८ लाख ९० हजार ८९ मत गणना भइसक्दा रास्वपाले ४२ लाख ५४ हजार ७ सय ९९ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको हो ।

समानुपातिक तर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस छ, जसले १४ लाख १५ हजार २ सय ८४ मत पाएको छ।

नेकपा एमालेले ११ लाख ९३ हजार ६ सय मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ६ लाख २८ हजार ९ सय ८८ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ८ हजार १ सय १९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ८७ हजार ८ सय ६९, र जनता समाजवादी पार्टी नेपालले १ लाख ३३ हजार २ सय ८९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

ट्रेन्डिङ