काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङ विजयी भएका छन्। गुरुङले कुल २९ हजार ९ सय मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार २४६ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत ल्याएका छन्।
मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार गोरखा-१ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ।
यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ करिब ४६ लाख मत प्राप्त गरेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।