खाजाघरमा मानव बेचविखन ब्युरोको छापा : नाबालिकालाई वेश्याबृत्तिमा लगाउने पक्राउ

दियो पोस्ट  

काठमाडौं । खाजाघरको आवरणमा वेश्यावृत्ति गराएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला व्यास गाउँपालिका वडा नमबर ६ हुती स्थायी घर भएका टोखा नगरपालिका ९ बस्ने २९ वर्षीय लोकेन्द्र बडु रहेका छन् । उनले टोखा नगरपालिका ९ मा संचालन गरेको सुर्खेत खाजाघरमा नाबालिकालाई वेश्याबृत्ति लगाएको छ भन्ने गोप्य सुचनाको आधारमा मानव बेखविखन ब्युरोले छापा मारेको थियो । एक बालिकालाई जबरजस्ती वेश्याबृत्तिमा लगाएको सुचना आएपछि ब्युरोले लामो अनुसन्धान गरि उक्त खाजाघरको संचालकलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ०२ घर भएकी ३७ वर्षीय कान्छिमाया तामाङ समेत रहेकी छिन् । उनीहरु दुवैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । अभियुक्तहरुले डरधम्की दिएर बालिकाहरुई जबरजस्ती यौन व्यावसायमा लगाएको खुलेको छ ।
उक्त खाजा घरमा विभिन्न बालिकालाई वेटरको काम लगाउने तर ल्याएपछि डर धम्की दिएर वेश्यावृत्तिका लागि पठाइने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले एक जना ग्राहकबाट ५ हजारदेखि १० हजार रुपैयाँसम्म कमिशन लिने गरेको खुलेको छ ।

सिफारिस