नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीद्वारा प्रवक्ता मार्फत दियोपोस्टलाई धम्कीपूर्ण खण्डन

दियोपोस्ट संवाददाता  

काठमाडौं । कर्मचारीको सरुवामा घुस उठाएर विवादमा आएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले समाचार खण्डनका नाममा धम्कीपूर्ण पत्र पठाएका छन् । नेपाल एयरलाइन्सका प्रवक्ता मार्फत अधिकारीले समाचार नसच्याए कानुनी कारबाही गर्ने धम्की दिएका हुन् ।
पर्यटन मन्त्री बद्रि बहादुर पाण्डेलाई दिनुपर्छ भन्दै केही कर्मचारीलाई विदेशस्थित विभिन्न कार्यालयमा सरुवा गर्दा घुसको दररेट नै कायम गरेर रकम उठाएका अधिकारीले नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल मार्फत धम्कीपूर्ण पत्र पठाएका हुन् । प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिएर खण्डन गरेका छन् । जबकी कर्मचारीबाट सो समाचारको खण्डन प्रकाशन गरि दियोपोस्टले प्रेस काउन्सिललाई समेत जानकारी गराइसकेको छ ।
निगम भित्र यौन हिंसा मच्चाएर कारबाहीमा परेका अधिकारी तत्कालिन पर्यटन मन्त्री प्रेम आले मगरलाई रिझाएर नेपाल एयरलाइन्सका अध्यक्ष बनेका थिए । उनै अधिकारी दियोपोस्टमा यसअघि पनि दर्जनौँ समाचार प्रकाशन भइसकेको छ ।
प्रवक्ता पौडेलले काउन्सिलमा उजुरी र यस संचार माध्यममा खण्डन एकैसाथ गरेका छन् । जबकी प्रेस काउन्सिल आचार संहितामा प्रकाशित समाचारमा चित्त नबुझे सम्बन्धित मिडियामा खण्डन पठाउनुपर्नेछ । खण्डन प्रकाशित नभएको अवस्थामा काउन्सिलमा उजुरी दिनपाइनेछ ।

निगमका प्रवक्ता पौडेलमार्फत धम्कीपूर्ण विज्ञप्ती यस्तो छ ।

 

 

सिफारिस