‘पदमा हुँदा केही नगर्ने रिटायर्ड भएपछि मसँग ७ करोड माग्यो भन्नेहरु साइकोप्याथ हुन्’ : कार्की

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडिआइजी उत्तम कार्कीले एक पूर्वएआइजीलाई लाई मनोरोगी अर्थात साइकोप्याथको संज्ञा दिएका छन् । केहीदिनअघि विभिन्न टेलिभिजनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग ७ करोड मागेको भन्दै भाइरल बन्ने कोशिस गरेका तत्कालिन एआइजी विश्वराज पोखरेलमाथि उनको यो टिप्पणी भएको आशंका छ । कार्कीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन् ।
‘जागिरबाट निस्किएपछि सैदान्तिक कुरा गर्नु अलग कुरा हो । तर, व्यक्तिगत रुपमा कुरा गर्नु नाजायज हो । त्यसबेला उहाँले किन पक्रिएर कारबाही गर्नुभएन । मसँग घुस माग्यो भनेर बर्दि लगाएको बेला किन कारबाही गर्नुभएन ? अहिले किन भन्नु भयो ? यो साइकोप्याथ हो,’ कार्कीले भनेका छन्,‘यदि साइकोप्याथ होइन भने गम्भिरतापूर्वक लिने हो । किनभने प्रहरी सेवामा आउँदाखेरी कसम खाएको हुन्छ । आफ्नो धर्म अनुसार गितालाई छोएर कसम खान्छौँ । मैले सेवामा रहँदासम्म जानकारी पाएको कुरा सेवामा रहँदा वा नरहँदा सार्वजनिक गर्नेछैन भनेर । कसम तोड्छन् भने त्यो साइकोप्याथ हो । उ नालायक हो । उ हुँदाखेरी किन अनुसन्धान गर्न सकेन ?’

पदमा हुँदा ‘प्रिपेड घुस’ उठाउने पूर्वएआइजी पोखरेल नै जेनजीलाई दिँदैछन् सुशासनको उपदेश !

 

कार्कीले आफू शान्त वातावरणका लागि गाउँमा बसिरहेको तर, यस्ता कुरा सुनेर बाल्यकालको दन्त्यकथा जस्तै लाग्ने गरेको बताउँछन् ।

देउवाले ७ करोड मागेको दाबी गर्ने पूर्वएआइजी पोखरेल तत्कालिन नेकपा एमालेका तर्फबाट उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलको जोडबलमा पटक पटक बढुवा भएका पात्र हुन् । उनले प्रहरी भित्रको चेनअफ कमाण्ड नै बिगार्ने गतिविधि गरेका थिए । त्यतिमात्रै होइन उनले प्रहरीको लत्ताकपडाका ठेकेदारबाट अग्रिम रकम बुझेर फिर्ता नगरेको समेत खुलेको थियो । ती ठेकेदारले धुम्बाराहीस्थित पोखरेलको घरमा पटक पटक अग्रिम घुस फिर्ता माग गर्ने कोशिस गरेका थिए । काठमाडौं प्रहरी परिसर प्रमुख रहँदा पोखरेलले धेरै निर्दोष नागरिकमाथि प्रहरीको बर्दि दुरुपयोग गर्दै मुद्दा लगाएर थुनामा राखेका थिए । ती अधिकांशले जिल्ला, उच्च र सर्वोच्च अदालतबाट समेत सफाई पाएका छन् ।

२०७५ असारमा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकास भएका एआइजी कार्की पदमा रहँदा निष्कलंक स्वभावका प्रहरी अधिकारी मानिन्छन् । उनी २९ असार २०४५ मा प्रहरी निरिक्षकबाट सेवा शुरु गरेका अधिकृत थिए । तत्कालिन सरकारले समयमा प्रक्रिया अघि नबढाएपछि एआइजीको प्रतिष्पर्धामा रहेका कार्की डिआइजीबाटै अवकास भएका थिए । तत्कालिन सरकारले गरेको अन्यायपूर्ण व्यवहारबारे हालसम्म पनि कार्की लगायतका अधिकृतले मुख खोलेका छैनन।

prabhu bank Add