लुक्लाबाट लोबुचे जाँदै गरेको ‘अल्टिच्युड एयर’को हेलिकप्टर दुर्घटना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लुक्लाबाट सोलुखुम्बुको लोबुचे जाँदै गरेको ‘अल्टिच्युड एयर’को हेलिकप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचे हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार बिहान ७ः४५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेकाले दुर्घटनामा कुनै मानवीय क्षती नभएको लुक्ला विमानस्थलले जनाएको छ ।

क्याप्टेन खड्कालाई कैलाश एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको डीएसपी कुँवरले बताए । खुम्बुमा बाक्लो हिउँ परेका कारण क्याप्टेन खड्काले बिहानैदेखि हेलिकप्टरमार्फत पर्यटकको उद्धार गर्दै आएका थिए ।

हेलिकप्टरमा क्षती नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 भिडियो हेर्नुहोस् ।

 

सिफारिस