काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्वअध्यक्ष समिक बडाल किर्ते धन्दामा संलग्न रहेको पाइएको छ ।
उनको समेत सेयर रहेको कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लीका संचालक सुना सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ ।
एमाले नेता तथा अनुशासन आयोगका अध्यक्ष समेत रहेका केशव बडालको भतिजा ऋषी बडाल र उनकी पत्नि सुना सुवेदीले नेपालमा आयात हुने पशुपंक्षि जन्य विभिन्न औषधीहरु आयातमा किर्तेमा किर्ते अपराध गर्दै आएका थिए ।
सरकारी कागज किर्ते गरेर नेपालमा दर्ता नभएको र पशुपन्छिमा प्रयोग गर्न प्रतिबन्धित एण्टिबायोटिक भित्राउने कम्पनीकामाथि सिआइबीले अनुसन्धान थालेको छ ।
सरकारी कागज किर्ते गरेर उनले भित्राएका एण्टिबायोटिक मानिसलाई जटिल संक्रमण हुदाँ प्रयोग गरिन्छ । त्यसैले, डब्लुएचओले पशुपन्छिमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, उनले कुखुराको तौल बढाउन ति औषधि अवैध तरिकाले भित्राए । उनको यो समुहले लम्पी स्किनको खोप समेत किर्ते गरेरै नेपालमा भित्र्याएको थियो । यो प्रकरणमा तत्कालिन सरकारको समेत मिलेमतो थियो ।
पत्रकार सागर बुढाथोकीका अनुसार किसानले पशुपन्छी (ब्रोइलर कुखुरालगायत)को तौल चाँडै बढाउन र रोग लाग्न नदिन भन्दै दानामै मिसाएर कुखुरालाई एन्टिबायोटिक खुवाउँछन् ।
त्यही एन्टिबायोटिक मासुमार्फत मानिसको शरीरमा पुग्छ जसले मानव शरीरलाई कुनै संक्रमण हुँदा उपचारका लागि अन्तिम अस्त्र मानिएको एन्टिबायोटिकले कामै नगर्ने अवस्थामा पु¥याइरहेको छ ।
पशुपन्छीलाई यसरी दिइने एन्टिबायोटिक तिनको दिसा/पिसाबमार्फत सिधै वातावरणमा मिसिन्छ । यसबाट जीवाणु क्रमशः शक्तिशाली बन्दै जान्छन्, चिकित्सा विज्ञानको सबैभन्दा प्रभावकारी उपचार पनि यससामु लाचार हुन पुग्छ । बिरामीलाई भएको संक्रमण किन नियन्त्रण भइरहेको छैन भन्नेमा चिकित्सक हैरान भइरहँदा जीवाणु झन् शक्तिशाली भइसकेको हुन्छ ।
यो कतिसम्म डरलाग्दो छ भने सामान्य स्वास्थ्य समस्या लिएर अस्पताल भर्ना भएकालाई समेत सजिलै प्रतिजैविक प्रतिरोधी जीवाणुको संक्रमण हुनसक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)कै आँकडाअनुसार एन्टिबायोटिक निष्प्रभावी बन्दा विश्वमा हरेक वर्ष ५० लाखभन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।
कान्तिपुर भेटका सञ्चालकले यो एण्टिबायोटिक भित्राउदाँ २ वटा अपराध गरेका छन् ।
पहिलो, भन्सारलाई विभागमा औषधि व्यवस्था विभागको भन्दै नक्कली आयात अनुमति पत्र बुझाए । अर्थात्, सरकारी कागज किर्ते गरे ।
दोस्रो, दर्ता नभएको तथा पशुपन्छिमा प्रयोग गर्न प्रतिबन्धित एण्टिबायोटिक भित्राए ।
बडालको कम्पनीले गरेको अर्काे अपराध हो, फिड सप्लिमेन्टमा जानकारी विवरण नराखि औषधि मिसाउनु । फिड सप्लिमेन्टमा ओैषधि मिसाउनु आफैमा अवैध हो, उनले त्यो औषधि भित्र्याउन समेत किर्ते अनुमति पत्र बुझाएका थिए ।
मानव स्वास्थ्यमाथि यस्तो गम्भिर अपराध गर्दा उनीहरु अहिलेसम्म कसरी बचे ?
उनी नेकपा एमालेका नेता केशव बडाल र महान्यायाधिवक्ता रमेश बडालका भाइ (काकाको छोरा) हुन् । कान्तिपुर फर्मास्युटिकल्समा अनेरास्ववियूका अध्यक्ष समिक बडालको पनि शेयर छ ।
अपराधबाट जोगिन बडाललाई एमाले पार्टीको आशिर्वाद छँदै थियो, रवि लामिछाने पावरमा पुगेपछि रास्वपाको पार्टी सदस्यता लिए । बुढाथोकीलाई स्रोतले बताए अनुसार–रवि गृहमन्त्री भएको बेला आफ्नो अपराधकर्म लुकाउन ठुदो रकम लगानी गरेछन् । पछि धरौटीमा छुट्न पनि उनले ठुलो रकम सहयोग गरेका रहेछन् ।
यो अपराधमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र तत्कालिन सिआइबी प्रमुख दिपक थापासँग (जो पछि प्रहरी प्रमुख भए) सरकारी कागज किर्तेे गरेर दर्ता नभएका प्रतिबन्धित एण्टिबायोटिक भित्राएको अपराधको प्रमाण थियो । तर, बडालले यसरी प्रभावित पारेको थियो कि उनीहरू उसकै पक्षमा बोल्थे । कुनै अनुसन्धान अघि बढाएनन् ।
समिक भन्छन्,‘त्यो पत्रकारलाई मैले गाली गरिदिएको थिएँ, त्यसैले समाचार लेख्यो होला’
एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाललाई यस विषयमा बुझ्न सम्पर्क गर्दा उनले आफ्नो सेयर नरहेको तर, आफ्ना दाईहरुले चलाएको कम्पनि भएको बताए । ‘त्यो पत्रकारलाई मैले गाली गरेको थिएँ । दिपक दाहालले लगाएको होला । त्यसैले लेख्यो होला । मेरो सेयर छैन ।’
अपडेट :
एमाले युवा संघका पूर्वअध्यक्ष समिक बडालले प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफू उक्त कम्पनिमा सञ्चालक नरहेको दाबी गरेका छन् । उनले दियोपोस्टमा प्रकाशित समाचार हटाउन माग गरेका छन् ।
पत्रकार आचारसंहिता अनुसार उनको खण्डन हामीले जस्ताको तस्तै प्रकाशन गरेका छौँ ।
यस्तो छ उनको खण्डन
