दल, जेनजी प्रतिनिधि र प्रधानमन्त्रीबीच त्रिपक्षीय छलफल हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेता र जेनजीका प्रतिनिधिसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन्। आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार यो छलफल आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल वातावरण बनाउन केन्द्रित हुनेछ।

निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्री कार्कीले सबै पक्षसँग संयुक्त छलफल बोलाएको संयोजक रावलले जानकारी दिए ।

यसअघि पनि प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग छुट्टाछुट्टै बैठक गरी निर्वाचन तयारीबारे परामर्श गरेकी थिइन्। सरकारको निर्णयअनुसार प्रतिनिधि सभाको निर्वाचन मिति फागुन २१ गतेका लागि तय गरिएको छ।

सिफारिस