विप्लव नेतृत्वको ‘नेकपा’ले दियो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टी नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू मंगलबार आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

निवेदनमा पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको पार्टी प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

संसदीय निर्वाचनमा भाग लिने आधिकारिक निर्णय गरेको नेकपाले २०८१ चैत १९ गते आयोगमा दल दर्ताका लागि अध्ययन गर्न बुढाथोकीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनावको मिति तय गरेको छ । त्यसका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्न आयोगले समय दिएको छ ।

आगामी चुनाबमा भाग लिने तयारीका साथ निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको प्रवक्ता विश्वर्माले बताए ।

निर्वाचन आयोगमा यसअघि नै १२४ वटा दल दर्ता छन् । यो सहित १७ वटा दलले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

 

prabhu bank Add