प्रधानमन्त्रीमाथि अदृश्य शक्तिको दबाब: मन्त्री बन्न अस्वीकार गर्ने श्रेष्ठको दाबी (भिडियाे सहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउने तयारीमा रहेका गणपतिलाल श्रेष्ठले प्रधानमन्त्रीमाथि ‘अदृश्य शक्ति’ र ‘माफियाको दबाब’ परेको दाबी गरेका छन्। मन्त्री बन्न अस्वीकार गरेका ती श्रष्ठलेले भनेका छन्, ‘प्रधानमन्त्रीले आफैंले पठाएको नाम अन्तिम समयमा फेरेर मलाई भूमि सुधार मन्त्रालयको प्रस्ताव गर्नुभयो, त्यो पनि एक घण्टाभित्र। त्यो परिवर्तन कुनै सामान्य प्रशासनिक निर्णय होइन, अदृश्य शक्ति र माफियाको दबाबमा भएको हो।

उनका अनुसार प्रधानमन्त्री र गृह मन्त्रीसँग भएको बैठकमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको थियो। तर अन्तिम समयमा मन्त्रालय परिवर्तन भएपछि उनले ‘नैतिकता र सिद्धान्तका कारण’ पद अस्वीकार गरेका हुन्।

अभियन्ताले आफूले मन्त्रालयका लागि पाँच महिनाको कार्ययोजना तयार पारेको पनि बताए। उनले भने, ‘म मन्त्री बन्नको लागि होइन, प्रणाली सुधारका लागि आएको थिएँ। उनले प्रधानमन्त्रीलाई पारदर्शी र जवाफदेही नागरिक सरकार बनाउन आग्रह गर्दै अदृश्य शक्तिको प्रभावले लोकतन्त्र कमजोर बन्न सक्ने चेतावनी दिएका छन्।

 

prabhu bank Add