राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिए राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) अनुसार राजीनामा दिएका हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२ कार्तिक ११ गतेदेखि लागू हुनेगरी डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट लिखित राजीनामा दिनुभएको छ।’

अर्यालको राजीनामा आजैका दिनदेखि लागू हुनेगरी स्वीकृत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

prabhu bank Add