दियोपोस्टबारे पत्रकार महासंघले भन्यो,‘प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो’

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल पत्रकार महासंघले दियोपोस्ट डटकमलाई २४ घण्टे स्पष्टिकरण सोधेको विषयमा आपत्ति जनाएको छ । महासंघको ललितपुर शाखाले दियोपोस्टकी सम्पादक रीता बुढाथोकीलाई संबोधन गरि सोधिएको २४ घण्टे स्पष्टिकरणले प्रस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको समेत बताएको छ । सामाजिक संजालमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको किर्ते अनुभव पत्रबारेको समाचार सेयर गरेको भन्दै काउन्सिलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । प्रेस काउन्सिलबाट भएको गैरकानुनी क्रियाकलापको विषयमा प्रकाशित समाचारबारे काउन्सिलले कारबाही गर्ने धम्की दिँदै पत्राचार गरेको थियो । सोहि विषयलाई लिएर महासंघले आपत्ति जनाएको हो ।

‘संविधानको मौलिक हकमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने गरि प्रेस काउन्सिल नेपालले दियोपोस्टबाट सामाजिक संजालमा सेयर भएको समाचारबारे स्पष्टिकरण सोधिएको विषय आपत्तिजनक छ । प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता मुताविक कुनै पनि संचार माध्यममा प्रकाशित समाचार चित्त नबुझे सम्बन्धित संचारमाध्यममै खण्डन गर्न पाउने व्यवस्था हुँदाहुँदै काउन्सिलबाट नै आधार संहिताको गम्भिर उलंघन गरि आम संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई त्रसित पारिएको यो घटनाले महासंघ ललितपुरलाई चिन्तित बनाएको छ,’ सचिव रामहरी कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पत्रकार तथा संचारमाध्यममाथि प्रेस काउन्सिल नेपालले प्रेस काउनिसल ऐन, २०४८ र काउन्सिलद्वारा जारी आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) भित्रै बसेर नियमन गर्नुपर्छ भन्ने हाम्रो माग छ । आफ्ना संचार माध्यममा प्रकाशित भएको पुराना समाचार सेयर गरेकै आधारमा प्रेस काउन्सिलले २४ घण्टे स्पष्टिकरणको नाममा पत्रकारीता क्षेत्रमाथि दबाव दिनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हो भन्ने ठहर छ । काउन्सिलबाट भएका निर्णय प्रक्रियामाथि टिप्पणी गरेकै आधारमा पत्रकार तथा संचारमाध्यमलाई कारबाही गर्छु भन्ने आषयको स्पष्टिकरण पत्रले लोकतन्त्रको आधारभूत खम्वा प्रेस जगतमाथि प्रेस जगतमाथि गरिएको यो आक्रमणको हामी भत्र्सना गर्दछौँ ।’

‘किर्ते कागजात’बारे प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई सरकारले नै सोधेको थियो ७ दिने स्पष्टिकरण !

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !

‘क्लेप्टोक्रेसी’को शिकार बनेको प्रेस काउन्सिल : मानव तस्करको पक्षपोषणमा आएको त्यो पत्र !

प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !

TATA ADD