प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे पुर्जी काटेको छ । पञ्चायतकालिन शासन व्यवस्थामा जस्तै प्रेस काउन्सिलसम्बन्धी समाचार प्रकाशन गरेकै कारण दियोपोस्टलाई काउन्सिलले २४ घण्टा भित्र जवाफ दिन भन्दै गैरकानुनी पत्राचार गरेको हो ।

जबकी दियोपोस्टले २०७८ साल असोज ९ गते ‘बालकृष्ण बस्नेतको किर्ते अनुभवपत्र सम्बन्धी’ समाचार प्रकाशन गरेको थियो । सोही समाचार हाल सामाजिक सञ्जालमा सेयर भएको भन्दै काउन्सिलले २४ घण्टामा जवाफ दिन भनेको छ ।

जसलाई दियोपोस्टले संविधान र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरिएको भनि काउन्सिललाई जवाफ समेत पठाइसकेको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको देहान्त भएका कारण आज सार्वजनिक विदा परेको भएतापनि काउन्सिलले भने सार्वजनिक विदाकै दिन २४ घण्टे पुर्जी काटेको हो ।

सामान्य सम्बन्धित पक्षको भनाई लिएको सम्मलाई बार्गेनिङ गरेको भन्दै गैरपेशागत आचरण देखिएको ठहर गरि पत्राचार गरेको काउन्सिलले पछिल्लो समाचारहरुलाई प्रतिशोधपूर्ण समाचार भन्दै २४ घण्टा भित्र जवाफ दिन पत्र मार्फत अल्टिमेटम दिएको छ ।

जबकी सार्वभौम सत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भाव खलल पुग्ने कार्यमा संचार माध्यम सहभागी मात्रै २४ घण्टे स्पष्टिकरण सोध्ने यसअघि प्रचलन थियो । तर, काउन्सिल नेतृत्वको गैरकानुनी क्रियाकलापबारे प्रश्न गर्दा काउन्सिलले २४ घण्टे स्पष्टिकरण साधेर काउन्सिलकै गरिमामाथि प्रश्न उठाएको छ ।

 

 

TATA ADD