
काठमाडौँ । तिहारकोमा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट दुई दिन बन्द हुने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै कात्तिक २४ र २५ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहने जनाएको हो ।
काठमाडौं महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोर व्यवस्थापनमा असुविधा हुन सक्ने भन्दै महानगरपालिकाले उपत्यकावासीलाई घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा नफाल्न आग्रह गरेको छ ।
कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहोर व्यवस्थापनको काम हुने जनाएको छ । वातावरणीय स्वच्छता कायम राख्न र फोहोरमैला व्यवस्थापनलाई सहज, व्यवस्थित तथा वातावरणमैत्री बनाउन महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण उपत्यकावासीमा अपिल गरिएको छ ।
