
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज शनिबार एकमात्र खेल हुँदैछ । आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
चार खेलमा ७ अंक जोडेको लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी आजको खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाउने लक्ष्यमा छ ।
यता, काठमाडौँ गोर्खाज तीन खेलमा ४ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । कप्तान करण केसीको नेतृत्वमा रहेको काठमाडौँ शीर्ष स्थानको टोलीलाई पराजित गर्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने दाउमा हुनेछ।