काठमाडौं । एमाले सचिव महेश बस्नेतबाट जबरजस्ती करणी तथा भ्रुण हत्या जस्तो गम्भिर अपराधबाट आफू पीडित रहेको बताउँदै आएकी शोभा पाठकले आफूलाई ज्यानको खतरा भएको बताएकी छिन् । महेश विरुद्धको जाहेरीलाई तामेलीमा राख्ने सरकारी वकिल कार्यालय र काठमाडौं प्रहरीको निर्णय विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी उनलाई शंकाष्पद एक व्यक्तिले पिछा गरेको भन्दै मोबाइल नम्बरसहितको च्याट उनले सार्वजनिक गरेकी छिन् ।
फोन गर्ने व्यक्तिले शोभा बसेको स्थान फलो गर्ने र बाहिर महेश बस्नेतले पठाएको भन्दै भेट्न कोशिस गरिरहेका छन् । ‘भोली उच्च अदालत पाटनमा मेरो मुद्दा रहेकोले मलाई महेश बस्नेतको गुण्डा हो । म डन हो । भनेर मेरो ज्यानको खतरा देखि मलाई फसाउनेदेखि धेरै कुराहरू गर्दै धम्काएको छ,’ शोभाले भनेकी छिन्, ‘पसल बाहिर आएको छु त बस्ने ठाउँको बाहिर आएको छु बाहिर निक्ली भनेर धम्काइरहेका छन् भने महेश बस्नेत लाई एउटा ज्यानमारा मुद्दा थप्दिनुहोला र यी दुई नम्बर भएका व्यक्तिहरुलाई तपाईहरुले कानुनी दायरामा लिएर आइदिनुहोला। मेरो ज्यान जोखिममा छ नेपाल प्रहरी र सरकारलाई म अपिल गर्न चाहन्छु। म भोलि मेरो मुद्दा फैसला हुन्जेलसम्म बाँच्न चाहन्छु ।’