काठमाडौं — एनआईसी एशिया बैंकको वित्तीय स्वास्थ्य पछिल्ला वर्षहरूमा निरन्तर ओरालो लाग्ने क्रममा छ । नेपाल राष्ट्र बैंकको बैंकिङ् अनुगमन प्रतिवेदन र सार्वजनिक वित्तीय सूचकहरूको आधारमा बैंकको खराब कर्जा अनुपात बढेको छ । आन्तरिक व्यवस्थापनमा ठूला प्रश्नहरु उठेका छन् । आर्थिक वर्ष २०७९/८० मा करिब ३ अर्ब ५३ करोड रूपैयाँ नाफा कमाएको थियो । तर, २०८०/८१ मा नाफा ९२ प्रतिशतले घटेर करिब ७० करोड १४ लाखमा सीमित भएको बैंककै तथ्यहरुले देखाउँछ ।
चालु आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा नाफा १६ करोड १६ लाख रूपैयाँको हाराहारीमा झरेको छ । नाफामा आएको यो तीव्र गिरावटको प्रमुख कारण बैंक भित्रको खराब नेतृत्व र राष्ट्र बैंकको नियामकीय भूमिका जिम्मेवार रहेको पाइएको छ ।
पछिल्लो तथ्यांक अनुसार बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशतबाट बढेर ३.४५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा यो अनुपात ६.२८ प्रतिशतको तहमा पुगेको छ ।
राष्ट्र बैंककै सुपरिवेक्षण प्रतिवेदनका अनुसार धितो मुंल्यांकनमै सेटिङ गरेर ऋण दिएका कारण अहिले यो बैंकको खराब ऋण बढेको हो ।
| Category | Basis | Provision % (Minimum) |
|---|---|---|
| Pass | Loans ≤ 3 months overdue | 1%* |
| Substandard | 3-6 months overdue | 25%* |
| Doubtful | 6-12 months overdue | 50%* |
| Loss | > 12 months overdue | 100%* |
बैंकमा कूल निक्षेप करिब २९४ अर्ब र कर्जा करिब २८० अर्बबाट घटेर २३३ अर्बको तहमा झरेको देखिन्छ । यो संकुचनले बैंकको व्यवसायिक वृद्धिदरमा गिरावट र तरलता व्यवस्थापनमा थप चुनौती थपिएको देखिन्छ ।
यस्तो गिरावट आउनुमा बैंककै उच्च अधिकारीहरुको व्यवस्थापन मुख्य जिम्मेवार रहेको स्रोतले बताएको छ । बैंकको मानव संसाधन कर्मचारी व्यवस्थापन समितिको संयोजक रहेका सहायक कार्यकारी अधिकृत राजेश रावल र अर्का विभागीय नेतृत्व नारायण नेपालको भूमिकामाथि प्रश्न उठेको छ । नेपालले बैंकको संचालन खर्च घटाउने योजना बनाएका थिए । सोही योजना अनुसार स्थायी कर्मचारीमाथि ज्यादती शुरु भएको छ । उनीहरुलाई अनावश्यक रुपमा दुर्गम जिल्लाका शाखाहरुमा पठाउने र जान नमाने राजिनामाका लागि दबाव दिने गरिएको छ ।
| वित्तीय सूचक (NPR) | FY 2022/23 | FY 2023/24 | FY 2024/25 |
|---|---|---|---|
| Net Profit / (Loss) | 3,530 million | 701.4 million (audited) | 161.6 million (New Business Age) |
| Accumulated Losses | — | 2,660 million | ~2,520 million (Mid-FY) (New Business Age) |
| NPL Ratio (%) | 0.88% | 3.45% | 6.28% (New Business Age) |
| Provisioning Total | — | 3,880 million (with NRB directive) | High provisioning driven by NPL rises (New Business Age) |
| Deposits | — | — | ~294 billion (drop vs prior year) (Grokipedia) |
| Loans & Advances | — | ~280 billion | ~233 billion (decline) (Grokipedia) |
| Net Interest Income | — | Stable | ~10.25 billion (slight drop) (Tech News Nepal |) |
| Earnings Per Share (EPS) | — | — | ~1.08 (drop) (Tech News Nepal |) |
| Capital Adequacy Ratio (CAR) | — | ~11.18% | — (Grokipedia) |
यसरी गरिएको अन्यायपूर्ण सरुवाको विरोध गर्नेहरुलाई स्पष्टिकरण सोध्ने र बर्खास्ती गर्ने काम गरिँदै आएको छ । यस्ता गतिविधिले बैंक भित्रको संगठनात्मक वातावरणमा मनोवैज्ञानिक दबाव र संस्थागत असन्तुष्टि बढ्दै गएको छ ।
बैंक जयन्द्र रावल र नेपालसहित हलका प्रमुख कार्यकारी अधिकृत सीईओ सुजित कुमार शाक्य र सहायक प्रमुक कार्यकारी अधिकृत सन्तोष कुमार राठीको मिलेमतोमा विभिन्न राजनीतिक पहुँच भएका व्यक्ति, तीनका आफन्त लगायतलाई धितो मुल्यांकन बिना नै कर्जा प्रवाह गरिएको छ । यस्ता कर्जालाई रणनीतिक ग्राहकका रूपमा वर्गीकरण गर्ने अवधारणा आन्तरिक तहबाट अघि सारिएको दाबी छ, जसले खराब सम्पत्ति वृद्धि (कर्जा असुली हुन नसक्ने अवस्था) निम्त्याएको बैंक भित्रकै स्रोतको दाबी छ ।
| Indicator | As on Mid-Jan 2081 | Source |
|---|---|---|
| Loans & Advances (Rs million) | ~302,656 | NRB KFI Data (Nepal Central Bank) |
| Credit-Deposit (CD) Ratio (%) | ~76.86 | NRB KFI Data (Nepal Central Bank) |
| NPL % (Regulatory) | ~4.24-4.61 | NRB Supervision & Banking Stats (Nepal Central Bank) |
| Capital Adequacy (CAR) | ~11.02% | NRB KFI Data (Nepal Central Bank) |
राष्ट्र बैंकको जोखिम–आधारित अनुगमन प्रणालीले पनि बैंकिङ् क्षेत्रमा कर्जा गुणस्तर कमजोर हुँदा नाफा दबाब, जोखिम कोष वृद्धि, र पूँजी सुरक्षण अनुपातमा असर पर्ने स्पष्ट देखिन्छ । एनआईसी एशिया बैंकमा देखिएको खराब कर्जा वृद्धि, घट्दो नाफा, व्यवसायिक वृद्धिमा संकुचन र मानव संसाधन व्यवस्थापनमा उठेका विवादले बैंकको दीर्घकालीन स्थिरता र सार्वजनिक विश्वासमा असर पर्नसक्ने जोखिम संकेत गरेको छ ।
सीआइबीले हेनुपर्ने सुझाव
राष्ट्र बैंक विरुद्धको कसुरमा हाल प्रभु बैंकका सीईओ अशोक शेरचन सीआइबीको हिरासतमा छन् । शेरचन पक्राउपरेसँगै एनआइसी एशिया बैंकमाथि पनि सीआइबीले छानबीन गर्नुपर्ने दबाव बढेको छ । प्रभु बैंकको भन्दा ठूलो कर्जा अपचलन एनआईसी एशिया बैंकमा रहेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । तर, राष्ट्र बैंकमा कार्यरत दिर्घ रावलले आफ्ना मामा जयन्द्र रावल कार्यरत रहेको एनआईसी एशियामाथि संरक्षण गरेकै कारण यो बैंकमाथि राष्ट्र बैंकले समेत स्वस्थ छानबीन गर्न सकेको छैन ।
प्रयाेग भएका डाटा र थमनेल च्याटजेपिटीले तयार पारेकाे हाे ।