पूर्वगृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगमा उपस्थित भई बयान दिने भएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा गठित जाँचबुझ आयोगले पत्राचार गरेपछि उनी बयान दिन आयोगमा जाने भएका हुन् ।

आयोगले शुक्रबारका लागि बोलाए पनि सोमबार मात्र उपस्थित हुन सक्ने जानकारी आफूले आयोगलाई गराइसकेको लेखकले बताएका छन् ।