काठमाडौं । श्रम संस्कृति पार्टीबाट केही दिनअघि कारबाहीमा परेका पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । डा. परियारलाई शुक्रबार बिहान नेकपाका संयोजक प्रचण्डले हात्तीवनस्थित आफ्नो निवासमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
गत ५ पुसमा बुटवलमा आयोजित एक कार्यक्रममा आयोजकप्रति डा. परियारले गरेको व्यवहार उपयुक्त नभएको ठहर गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले उनीमाथि कारबाही गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले डा. परियारजस्तो प्राज्ञिक र अनुभवी व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।