गुलरियामा सुरु भयो कपडा बैंक, कपडा नहुनेलाई न्यानो उपहार

दियोपोस्ट संवाददाता  

काठमाडौँ। बास नेपाल बर्दिया शाखाले गुलरियामा कपडा बैंकको औपचारिक शुभारम्भ गरेको छ। ‘हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौं, मानवता जोगाऔं’ भन्ने मूल उद्देश्यसहित बिहिबारदेखि कपडा बैंकको सुरुवात गरिएको हो ।

गुलरियाको राधाकृष्ण चोकमा आयोजित एक कार्यक्रमका बीच कपडा बैंकको उद्घाटन गरिएको आयोजकले बताए । यस पहलमार्फत चिसो मौसममा कुनै पनि मानिस कपडा नपाएर बञ्चित नहोस् भन्ने लक्ष्य राखिएको छ।

बास नेपाल बर्दियाका जुझारु युवाहरुले बालबालिका देखि जेष्ठ नागरिकसम्मलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

कार्यक्रममा बास नेपालका पदाधिकारीहरूले आर्थिक सहयोग र कपडा संकलन गरी कार्यक्रममा उपस्थित व्यक्तिहरूलाई कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदी, केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की, प्रशासन सहायक मिना घर्तिमगर लगायतको उपस्थिती रहेको थियो।