काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षको अवसरमा विन्टर डिलाइट अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियान अन्तर्गत ग्राहकहरूले सीमित अवधिका लागि विशेष छुट र सुविधा पाउनेछन्।
यस अभियानअन्तर्गत, ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको छुट र छानिएका मोडलहरूमा १ लाख रुपैयाँ सम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। साथै, एक वर्षको निःशुल्क बीमा र सडक करको सुविधा पनि उपलब्ध हुने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बताएको छ।
हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई-भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ सेवा दिइने बताइएको छ। यसले गाडीको गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रति कम्पनीको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
हुन्डाई नेपालले देशभरका आफ्ना शोरूमहरूमा ग्राहकहरूलाई सीमित अवधिका यी अफरहरूको फाइदा लिन आमन्त्रण समेत गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विगतमा जस्तै भविष्यमा पनि ग्राहकलाई सहज र मैत्री अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।