काठमाडौँ । नेपाली सेनाका पूर्व रथी तथा सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शर्मालाई परराष्ट्र मन्त्री पदमा नियुक्त गरेका हुन् ।
पाचौँ पटक बिस्तार भएको मन्त्री परिषदमा नवनियुक्त मन्त्री शर्माले शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।
यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्दै आएकी थिइन् ।
