काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषदका सदस्य तथा पूर्व मन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता शुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएकाछन् । पार्टीका मूल नेतृत्वहरुका कारण पार्टी र सवै नेताहरु आलोचित हुन मात्रै नभएर देश संकटमा धकेलिएको भन्दै उन्ले विद्रोहका लागि सुझाव दिएकाहुन् । शनिवार पार्टीको कोशी प्रदेश समितिको भेला तथा बैठकलाई सम्बोधन गर्दै किरातीले यस्तो बताएकाहुन् । इटहरीको गंगा जमुना पार्टी प्यालेसमा आयोजित भेलालाई सम्वोधन गर्दै नेता किरातीले पुराना दलका पुरानै अनुहारले देश कब्ज गर्न फेरी गठबन्धनका लागी पहल गरिरहेका बेला त्यहाँका सचेत नेताहरुले विद्रोह गर्नुको विकल्प नरहेको बताए ।
किरातीले पुरानाहरु मिलेर फेरी देशलाई अध्यारो तर्फ धकेल्ने कुचेष्टा गरिरहेको समेत संकेत गरेकाछन् । उन्ले भने “पुरानाहरु स्वार्थका लागि मिल्ने भनिरहेकाछन् यो अवस्थामा नयाँ शक्तिहरु आपसमा आरोपप्रत्यारोपमा नलागि सहकार्यको बाटो बाट अगाडी बढ्नु पर्ने आवश्याकता रहेको छ । रवि जि,बालेन जि, कुलमान जि र हर्क जि लगायतका नयाँ शक्तिहरु देशलाई बेथितिबाट निकालेर समृद्धी तर्फ अगाडी बढाउने एजेन्डामा हामी एक हुनपर्छ । आज जनताको भावना पनि त्यही छ । म पूर्व आएपछि हर्क जिका धेरै समर्थकहरुले विदेशबाट सम्पर्क गरिरहेकाछन् । तपाँईहरु मिलिदिनुस भन्ने उहाँहरुको भावनालाई नेतृत्वले कसरी लिइरहेका छौँ यो गम्भिर विषय हो ।
फरक प्रसंगमा किरातीले आम जनताको भावनाअनुरुप नेतृत्वले काम गर्न नसक्दा यो संकट आइपरेको बताएकाछन् । यो संकट मोचनका लागि सस्तो लोकप्रीयताबादी राजनीतिले निकास नदिने समेत उनले बताए । आज पुराना र नयाँ सवै राजनीतिक दलहरु एजेण्डा विहिन बनेर मात्रै निर्वाचन देखी निर्वाचनको राजनीतिमा लागेको उन्को आरोप थियो । आफुहरु यसविचमा एकथान पार्टी मात्रै नभएर बर्तमान समाजको अन्तरविरोध हल गर्न सक्ने वैकल्पिक शक्ति निर्माणमा अगाडी बढेको उन्ले बताए । प्रलोपाले आज ९९ सय जनाको प्रदेश कमिटी घोषणा गरेको छ जसमा केन्द्रमा जस्तै अध्यक्ष परिषद बनाएको छ । जसमा मदन भट्टराई, सम्झना राई (सनध्या) शम्भु चौधरी र नरेन्द्र बस्नेत रहेकाछन् । त्यस्तै इन्चार्ज केदार गरागाँई र सह इन्चार्जमा लक्ष्मी न्याउपाने (सरु) रहेकाछन् ।