काठमाडौँ । फोटोन मोटर्स नेपालले धनगढीमा आफ्ना ग्राहक तथा ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै ‘Customer First, Stronger Trust, Through Meaningful Engagement’ भन्ने मूल नारासहित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। फोटोनले आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तर प्रयासअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रिया मार्फत फोटोन सवारी साधनप्रति ग्राहकको विश्वास सुदृढ गर्नु, वास्तविक प्रयोग अनुभव बुझ्नु तथा ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई अझ प्रभावकारी बनाउनु रहेको बताइएको छ । विशेषगरी नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध विस्तार र सुदृढीकरणमा कार्यक्रम केन्द्रित थियो।
‘धनगढी कस्टमर मीट’ ले ग्राहकहरूलाई फोटोन टिमसँग खुला रूपमा संवाद गर्ने अवसर प्रदान गरेको बिस्वास राखिएको छ । सहभागी ग्राहकहरूले सवारी साधनको प्रदर्शन, सर्भिस सपोर्ट, सञ्चालन अनुभव तथा दैनिक प्रयोगमा देखिएका चुनौती र अपेक्षाहरू साझा गरेका थिए। यस प्रत्यक्ष संवादबाट फोटोनले क्षेत्रीय सञ्चालन अवस्था र ग्राहक आवश्यकताबारे महत्वपूर्ण जानकारी संकलन गरेको जनाएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा फोटोनका विभिन्न सवारी साधनहरूको प्रदर्शन गरिएको थियो। जसमा टुनल्यान्ड G7, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए।
प्रदर्शनीमार्फत ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारी साधनहरूलाई नजिकबाट अवलोकन गर्दै बदलिँदो नेपाली मोबिलिटी आवश्यकतालाई कसरी सम्बोधन गरिएको छ भन्नेबारे जानकारी लिएक थिए ।
भेटघाटका क्रममा फोटोनले दीर्घकालीन विश्वास निर्माणमा प्रत्यक्ष ग्राहक संवादको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै वास्तविक प्रयोगकर्ताबाट प्राप्त फिडब्याकका आधारमा स्वामित्व अनुभव निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
साथै, कम्पनीले बिक्रीमा मात्र सीमित नरही नेपालका लागि विशेष रूपले डिजाइन गरिएका व्यावसायिक मोबिलिटी सोलुसन्स र दीर्घकालीन साझेदारी निर्माण गर्ने आफ्नो दृष्टिकोणसमेत स्पष्ट गरेको थियो।
कार्यक्रममा फोटोनको देशभर १५३ भन्दा बढी स्थानमा विस्तार भएको चार्जिङ नेटवर्क तथा धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि जानकारी दिइएको थियो।
यस ग्राहक भेटघाट कार्यक्रममार्फत फोटोन मोटर्स नेपालले पारदर्शी संवाद, भरपर्दो सेवा र दीर्घकालीन साझेदारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै धनगढी क्षेत्रका ग्राहकहरूसँगको सम्बन्ध थप मजबुत बनाएको जनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. बारे
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. नेपालमा फोटोन सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनी नेपाली बजारको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै सुदृढ आफ्टर-सेल्स सर्भिस, विस्तार हुँदै गएको सर्भिस नेटवर्क तथा बढ्दो चार्जिङ पूर्वाधारमार्फत भरपर्दो व्यावसायिक मोबिलिटी समाधान प्रदान गर्न प्रतिबद्ध रहेको छ।