गोरखा १ का कांग्रेस उम्मेदवार प्रेम खत्रीबारे ‘भ्रामक’ समाचार हटाउन काउन्सिलको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रेम कुमार खत्रीको सम्बन्धमा प्रकाशित समाचार हटाउन प्रेस काउन्सिल नेपालले अल्टिमेटम दिएको छ ।’
खत्रीलाई फेक रेस्क्यु प्रकरणमा अनुसन्धान गरिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई समेत बद्नाम गरेको भन्दै भ्रामक समाचार हटाउन अल्टिमेटम दिएको हो । इमेजखबर डटकम लगायत संचार माध्यमले खत्रीले फेक रेस्क्यु गरेको र सो धन्दामा संलग्न रहेको अभियोगमा उनीमाथि सीआईबीले अनुसन्धान गरिरहेको, खत्री प्रहरीको घेरामा रहेको लगायत झूटा समाचार सम्प्रेषण गरेका थिए । दियोपोस्टले यो समाचारमाथि तथ्यजाँच समेत गरेको थियो । तथ्यजाँचका आधारमा यो समाचार भ्रामक रहेको निष्कर्शसहितको समाचार समेत दियोपोस्ट डटकमले प्रकाशन गरेको थियो ।
काउन्सिलले फागुन १९ गतेको मितिमा ईमेजखबरलाई निर्देशन दिँदै समाचार हटाउन भनेको छ ।

‘‘बिना आधार, प्रमाण र तथयगत पुष्ठ्याईंबेगर निर्वाचनमा भाग लिएका उम्मेदवारको पक्ष÷विपक्षमा इज्जत÷प्रतिष्ठामा आँच पुर्याउने किसिमबाट एकतर्फी रुपमा सामग्री सम्प्रेषण भएको देखिएको छ,’ काउन्सिलले भनेको छ,‘उक्त सामग्री पत्रकार आचारहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ (६),५(२) र निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ (१) (ख),(च),(ज),(ठ) प्रतिकुल रहेको अनुगमनबाट देखिएको छ ।’

प्रकाशित समाचार सामग्री स्थगन वा सम्पादन गरि २४ घण्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन समेत दिइएको छ ।

भ्रामक समाचार फैल्याउने लालीगराँस नामक फेसबुक पेजलाइ पनि कारबाही

फेक रेस्क्यु प्रकरण र कांग्रेस उम्मेदवार प्रेमकुमार खत्री: के हो वास्तविकता? (दियोपोस्टको तथ्य जाँच)

ट्रेन्डिङ