कपनमा ‘करेन्ट मार्ट’को दोस्रो शाखा सञ्चालनमा, सबै उत्पादनमा १० प्रतिशत छुट

दियोपोस्ट संवाददाता  

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा लोकप्रिय मानिएको ‘करेन्ट’ ब्रान्ड उत्पादन गर्ने यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबारदेखि काठमाडौंको कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।

यसअघि बानेश्वरको कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटले उल्लेखनीय सफलता हासिल गरेपछि बढ्दो ग्राहक मागलाई ध्यानमा राख्दै कपनमा दोस्रो शाखा विस्तार गरिएको बताइएको छ ।

नयाँ शाखा उद्घाटनको अवसरमा करेन्ट मार्टमा उपलब्ध सम्पूर्ण उत्पादन खरिदमा ग्राहकलाई १० प्रतिशत विशेष छुट प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

कपनस्थित उक्त करेन्ट मार्टको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै ग्लोबल एक्जुकेटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौंका अन्य स्थानमा पनि सेवा विस्तार गर्न कम्पनीलाई थप उत्साहित बनाएको बताए। कपन तथा आसपासका क्षेत्रका उपभोक्ताले अब आफ्नै क्षेत्रमा करेन्टका ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

उनले उद्घाटनका अवसरमा लागू गरिएको १० प्रतिशत छुटको अफरबाट अधिकतम लाभ लिन ग्राहकलाई आग्रह समेत गरे।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ करेन्ट मार्टमा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादनहरू एउटै स्थानबाट प्राप्त गर्न सक्ने बताइएको छ ।

यस मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स र पोटाटो क्र्याकर्स उपलब्ध छन्। साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा पाउडर, धनिया पाउडर र रातो खुर्सानी पाउडरजस्ता मसला पनि पाइने कम्पनीले जनाएको छ।

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा.लि. नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध कम्पनीले छोटो समयमै नेपाली उपभोक्तामाझ आफ्नो स्थान बनाएको छ।

करेन्ट ब्रान्डअन्तर्गत कम्पनीले विभिन्न स्वादका पिरा तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ । जुन विशेषगरी युवापुस्तामाझ निकै लोकप्रिय छ। कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि वितरण गर्नुका साथै विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम गर्दै आएको छ।

ट्रेन्डिङ