समानुपातिकतर्फ मतगणना जारी, रास्वपा अग्रस्थानमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मत गणना भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनको आज बिहान ५ः५० बजेसम्मको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३० मत ल्याएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६ मत पाएको छ।

अन्य दलतर्फ श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

ट्रेन्डिङ