कोशी प्रदेशमा मन्त्रिपरिषद् फेरबदलको तयारी, एमाले र कांग्रेसबीच भागबन्डा मिलाउन छलफल

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कोशी प्रदेशमा पुनः मन्त्रिपरिषद् फेरबदलको प्रक्रिया गत दुई सातायता अघि बढिरहेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार पुनर्गठनको तयारी गरेका हुन् ।

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच वर्तमान मन्त्रालय बाँडफाँड र जिम्मेवारी समायोजन गर्ने उदेश्यले सरकार पूनर्गठन गर्न लागिएको बताइएको छ । नयाँ मन्त्रीहरूका बारेमा दुवै दलबीच छलफल भइरहेको र सहमति पश्चात मन्त्रीको नाम टङ्गो लगाइने सत्ता साझेदार दलको भनाई छ ।

नेकपा एमालेबाट चार जना मन्त्री बन्दैछन् । एमालेबाट बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहताको नाम चर्चामा छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी, प्रदिप सुनुवारको नाम मन्त्रीका लागि चर्चामा छ ।

प्रदेश सरकारमा भागबन्डा मिलाउन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो पुनर्गठन गर्न लागिएको बताइएको छ ।

आगामी निर्वाचन रणनीति, संघ र प्रदेशको सम्बन्ध सुधार, र गठबन्धन भित्रको सन्तुलन कायम राख्ने उदेश्यले सरकार पूर्नगठन गर्न लागिएको बताइएको छ ।

सिफारिस